'प्रसाद २' का प्रसाद भन्छन् - 'मेरो चरित्र सशक्त छ'
फिल्म ‘प्रसाद २’ शुक्रवार अर्थात् भोलिबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी र अर्पण थापासँगै बाल कलाकार उपेश ढकालले पनि अभिनय गरेका छन् ।
फिल्ममा उपेशले ‘प्रसाद’ चरित्रमा अभिनय गरेका छन् । उनको यो पहिलो फिल्म हो । फिल्मबाट उपेश आशावादी छन् ।
‘अस्ती प्रिमियर शोमा फिल्म हेर्नुहुने फिल्मकर्मी र पत्रकारहरूले मेरो चरित्र मनपराउनु भएको छ । सिनियर कलाकारसँग स्क्रिन शेयर गर्न पाउँदा म खुशी छु’, उनी भन्छन्, ‘फिल्म मेरै वरपर घुमेको छ । म बाल कलाकारका रूपमा देखिए पनि मेरो चरित्र सशक्त छ । फिल्म हेर्दा अधिकांश कलाकारले मेरो चरित्रलाई मन पराएको भन्दा मलाई धेरै खुशी लागेको छ ।’
यस्तै, फिल्मका निर्देशक सुदर्शन थापा भन्छन्, 'उपेशले सुटिङकै अवधिमा पनि एक सिनमा उनले गरेको चरित्रले कलाकार देखि टेक्नियिनलाई समेत रुवाएका थिए । यो देखेरै उनी एउटा अनुभवी कलाकारको रूपमा उदाउन सक्ने छनक पाइसकेको थिए । भोलि पर्दामा हेर्दा पनि उनको कामलाई देखेर दर्शकले अत्यन्तै रुचाउने छन् भन्नेमा ढुक्क छु ।'
सुशील पौडेलको लेखन रहेको फिल्ममा सुभाष थापा निर्माता छन् । फिल्म ‘प्रसाद’ बक्सअफिसमा हिट साबित भएको फिल्म हो ।
प्रतिक्रिया