खल्ती बाट ‘मिस नेपाल २०२३’ को भोटिङ गर्न सकिने

खल्ती डिजिटल वालेटले ‘मिस नेपाल २०२३’ सँग भोटिङकालागि साझेदारी गरेको छ । यस साझेदारी पश्चात् प्रयोगकर्ताले खल्ती मार्फत आफूलाई मनपर्ने मिस नेपाल प्रतियोगीलाई भोट गर्न सक्नेछन् ।

‘मिस नेपाल’ नेपालकै सबैभन्दा ठुलो र मान्यता प्राप्त सौन्दर्य साथै बौद्धिक प्रतियोगिता हो । सुरुवात देखि नै यो प्रतियोगिता देशका प्रतिभावान् नारीहरूका लागि सशक्तिकरण र प्रेरणाको स्रोत बनेको छ । ‘मिस नेपाल २०२३’ यहीँ जेष्ठ १३, २०८० मा गोदावरी कोन्वेंशन सेन्टरमा हुन गइरहेको छ जसलाई प्रत्यक्ष हेर्न प्रयोगकर्ताहरूले खल्तीबाट टिकट खरिद गर्न पाउने छन् ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् “मिस नेपाल नेपाली समाजमा विशेष गरी युवा जमातमा लोकप्रिय रहन सफल भएको एक गरिमामय सौन्दर्य प्रतियोगिता हो । यस्तो प्रचलित प्रतियोगितामा हामी रजिस्टर तथा भोटिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै खुसी छौँ । सौन्दर्य साथै बौद्धिक क्षमता भएका हाम्रा देशका प्रतिभावान् नारीहरूको सशक्तीकरणमा प्रत्यक्ष साथै अप्रत्यक्ष रूपमा साथ दिन पाउँदा हामी ‘मिस नेपाल’ परिवार प्रति आभारी छौँ ।”

ISO 27001 M 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा प्रवेश गरेको छ ।

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, मुभी र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

खल्ती डाउनलोड गर्न www.khalti.com/app बाट सकिन्छ।