पल शाहले भेटे धरानका मेयर साम्पाङलाई

नायक पल शाहले धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)सँग भेटवर्ता गरेका छन् ।

पल एउटा कार्यक्रमको लागि बुधबार इटहरी पुगेका थिए । पूरानै दैनिकीमा फर्किएका पलले इटहरी पुगेको समयमा मेयर साम्पाङलाई भेट्न आज धरान पुगेका हुन् । सो भेटका क्रममा मेयर साम्पाङलाई उनले गैंती-बेल्चा लगायतका औजार उपलब्ध गराएका छन् ।

शाहले मेयर साम्पाङसँगको भेटवार्ताबारे भनेका छन्–‘रानवासीलाई पानी खुवाउन रात दिन खटिने हर्क साम्पाङ्ग ज्युसँग सामाजिक कार्यको हिस्सा हुन पाउँदा खुशी छु ।’

हर्कले भने पलसँग खिचाएका केही तस्वीरहरु आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेका छन् । पललाई तारिफ गर्दै हर्कले केही तस्बिरहरु सहित लेखेका छन्–‘श्रमलाई सम्मान गर्ने कलाकार पलजी ।’ 

गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङले धरानमा उपमहानगरमा श्रम अभियान चलाइरहेका छन् । साथै उनले श्रमका लागि प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूलाई आह्वान गरिरहेका छन् ।

पल शाह भने यतिबेला कमब्याकको तयारीमा छन् ।