अभिनेत्री क्रिसन परेरा २७ दिनपछि रिहा

‘सडक २’ र ‘बाटला हाउस’ अभिनेत्री क्रिसन परेरा २७ दिनपछि शारजाहस्थित जेलबाट रिहा भएकी छन् । उनीमाथि शारजाह लगिएको एक ट्रफीमा लागुऔषध लुकाएको आरोप थिए । जसकारण उनलाई गत अप्रिल १ मा शारजाहको युएईस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो ।

क्रिसन जेलबाट रिहा भएपछि उनका परिवार खुशी भएका छन् । क्रिसनको परिवारले छोरीलाई जबरजस्ती फँसाइएको आरोप लगाएका थिए । आरोपपछि मात्र प्रहरीले अनुसन्धान गरिएको थियो । अनुसन्धानपछि पल नामका एक मास्टरमाइण्डले क्रिसनको आमासँग बदला लिन योजना बनाएको खुलेको थियो ।

मुम्बई क्राइम ब्रान्चले दुई व्यक्ति एन्थोनी पल र राजेश बोबाटेलाई क्रिसनलाई लागुऔषध ओसारपसार मुद्धामा फसाएको आरोपमा पक्राउ गरेको छ ।

परिवारका अनुसार एन्थोनीले पार्टनरसँग मिलेर एक अन्तर्राष्ट्रिय वेब सिरिजमा अडिसन दिनका लागि क्रिसनलाई युएई बनाउने योजना बनाएका थिए । उनी युएई जाने बेलामा विमानस्थलमा उनलाई ट्रफी दिइएको थियो । जहाँ लागुऔषध राखिएको थियो ।