वर्षाले ‘संझौता धेरै भयो’ लेखेर के भन्न खोजेकी होलिन् ?


नायिका वर्षा राउत मिडियामा खासै आएकी छैनन् । फिल्म ‘के घर के डेरा’ रिलिजको समयमा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा दिएको बयानले चर्चा पाएको थियो । 

उनै, वर्षाले मंगलबार लेखेको स्टाटसले फेरि मिडियाकर्मी र उनका फ्यानहरुको ध्यान तानेको छ । वर्षाले कालो ब्याग्राउन्डमा लेखेकी छिन्–‘अब समाज भन्दा आफ्नो मानसिक शान्ती रोज्दैछु । संझौता धेरै भयो ।’

उनले ‘म ति मानिसहरुको वरिपरी रहँदा थाकिसकेँ, जसले इमानदारिता र वफादारिताको अवधारणा वुझ्दैनन्’ भनेर समेत लेखिकी छिन् । वर्षाको यो स्टाटसले धेरैलाई अचम्मित बनाएको छ । 

उनले, आफ्नो अर्को पोष्टमा लेखेकी छिन्–‘यो संझौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’

वर्षाको यो गम्भिर स्टाटसले उनको व्यक्तिगत जीवनमा केही हलचल भैरहेको वुझ्न सकिन्छ । केही समय अगाडि उनी र नायक संजोग कोइरालाबिच डिभोर्स हुन लागेको खबर समेत सार्वजनिक भएको थियो ।

त्यसपछि, वर्षाले दिएको अन्तरवार्तामा आफूहरुबिच झगडा परेपनि अहिले सबै राम्रो रहेको बताएकी थिइन् । तर, इन्स्टाग्रामको स्टोरीमा लेखेका यी शब्दले कतै उनको व्यक्तिगत जीवनमा केही भइरहेको त छैन भन्ने अड्कल लगाउन सकिन्छ ।