‘प्रसाद २ र नाई नभन्नु ल ६’को बुकिङ खुला, कस्तो होला ओपनिङ ?
बैशाखको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २ र नाई नभन्नु ल ६’को बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्सले प्रतिक्षित २ फिल्मको बुकिङ खुल्ला गरेसँगै यी दुबै फिल्मको ओपनिङ व्यापार कस्तो होला भन्ने प्रतिक्षा समेत बढेको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद २’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको फिल्मको व्यापार सुखद हुने विश्लेषण फिल्मीकर्मीको छ ।
यो फिल्मप्रति प्रदर्शकहरुको विश्वास देखिएको छ । फिल्मलाई क्यूएफएक्स चेनले देश भरका ६ हलमा २१ शोज दिएको छ । अझै, केही हलमा शोज बाँड फाँड हुन बाँकी छ ।
यस्तै, यो फिल्मलाई बीग मुभिजले ४ शोज उपलब्ध गराएको छ । कालिमाटीको वान सिनेमाजमा यो फिल्मलाई ४ शोज दिइएको छ । नयाँ बाँनेश्वरको वान सिनेमाज्मा भने बूकिङ खुलेको छैन ।
यस्तै, वैशाख १५ गतेबाट नै रिलिज हुन लागेको फिल्म ‘नाई नभन्नु ल ६’लाई क्यूएफएक्स चेनका ८ हलमा १५ शोज दिइएको छ । यस्तै, वीग मुभिजले २ शो उपलब्ध गराएको छ ।
वान सिनेमाज्ले अहिलेसम्म फिल्मका लागि शोज उपलब्ध गराएको छैन । चावहिलमा रहेको एफक्यूबले फिल्म ‘प्रसाद २’लाई ४ शोज उपलब्ध गराएको छ भने ‘नाई नभन्नु ल ६’लाई २ शोज उपलब्ध गराएको छ ।
यसरी हेर्दा देशभरका हलमा ‘प्रसाद २’ले ६० र ‘नाई नभन्नु ल ६’ले ४० प्रतिशत शोज पाएका छन् । तेश्रो हप्तामा पनि ‘जारी’माथि प्रदर्शकको विश्वास घटेको छैन ।
प्रतिक्रिया