नवल खड्काको फिल्ममा जहिले लफडा


चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार नवल खड्काको फिल्म रिलिजको समयमा जहिले लफडा हुदै आएको छ । फिल्म ‘दशगजा’ रिलिजको समयमा पनि नवलले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै मिडियाबाजी गरेका थिए ।

फिल्म ‘भिमदत्त’को समयमा पनि नवलले मिडियामा यस्तै खालका प्रचारबाजी गरेका थिए । यसपटक पनि उनले फिल्मलाई सेन्सरले पास गर्न नदिएको भन्दै मिडियाबाजी गरिरहेका छन् । 

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथा बोकेको फिल्म निर्माण भएको केही बर्ष भैसक्यो । तर, नवलले अझै पनि फिल्मको प्रदर्शन मिति तय गर्न सकेका छैनन् । 

बरु, सेन्सरले फिल्मको कथावस्तुमा नै आपत्ती जनाएको भन्दै अदालत जाने भन्दै मिडियाबाजी गरिरहेका छन् । तर, सेन्सर बोर्डका कर्मचारीले भने फिल्मको एउटा दृश्य मात्र हटाउन सेन्सरले भनेको बताएका छन् । 

यस्तो अवस्थामा के यसपटक पनि मिडियाबाजी गरेर नवल फिल्मको हाइप बनाउन खोजिरहेका त छैनन् भन्ने प्रश्न उठेको छ ।