धिरज र जसिताको कलेजका विद्यार्थीमाझ नाँचगानसँगै मनोरञ्जनात्मक खेल
आगामी वैशाख २१ गते रिलिज हुने फिल्म ‘ज्याकीः आइ एम ट्वान्टी वान’ले राधजानीको चाबहिलस्थित आदिम नेसनल कलेजमा सोमबार प्रचारप्रसार गरेको छ । फिल्मका कलाकारद्वय धिरज मगर र जसिता गुरुङले कलेजका विद्यार्थीमाझ नाँचगानसँगै मनोरञ्जनात्मक खेल ‘स्पिन एण्ड विन’ खेलेका थिए ।
कार्यक्रममा कलेजका दुई विद्यार्थीले नृत्य गरेका थिए । उनीहरुलाई सहभागी भएवापत धिरज र जसिताले पुरस्कार प्रदान गरे । त्यस्तै ‘स्पिन एण्ड विन’ खेलमा ६० मध्ये विजेता ३० विद्यार्थीलाई पनि विभिन्न भौचर, उपहार, पुरस्कार, फिल्मको टिकट दिइएको थियो ।
कार्यक्रमपछि धिरज र जसिताले फिल्मको विषयवस्तुबारे जानकारी गराउँदै आफ्नो फिल्म हेरिदिन आग्रह गरेका थिए । कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले फिल्म प्रमोसनका लागि आफ्नो कलेजलाई छनोट गरेको फिल्म युनिटलाई धन्यवाद दिँदै आफ्नो टिमलगायत विद्यार्थीले फिल्म हेर्ने आश्वासन दिए । प्रतिकुल मौसमका बाबजुद पनि कलेजमा कार्यक्रम गरिएको थियो ।
अभिनेत्री जसिताले प्रतिकुल मौसममा पनि सहयोग गरिदिएकोमा धन्यवाद दिइन् । उनले नेपालमै पहिलो पटक नृत्यमा आधारित फिल्म बनेको बताउँदै आफ्नो कलेज जीवन विन्दास रहेको स्मरण गरिन् । कार्यक्रम सञ्चारकर्मी निशा बजगाईंले सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया