सलमानको फिल्मको कमजोर समीक्षा, सुखद व्यापार


उसो त, नायक सलमान खान अभिनित फिल्मले इदमा विकेन्ड कलेक्शन नै सय करोड पुर्याएको रेकर्ड छ । तर, निरन्तर खराब फिल्म खेलेका कारण सलमानको स्टारडममाथि नै प्रश्न उठ्न थालेको छ । 

उनै, सलमान अभिनित फिल्म ‘किसिका भाई किसिका जान’ शुक्रबारदेखि हलमा रिलिज भैरहेको छ । 

यो फिल्मले खराब समीक्षा पाएको छ । दर्शकबाट पनि फिल्मलाई लिएर निकै कमजोर प्रतिक्रिया छ । तर, फिल्मले इदको बिदाको फाइदा उठाएको छ । सलमान खान र पूजा हेग्डे अभिनित यो फिल्मले पहिलो दिन १५ करोडको ओपनिङ गरेको थियो । तर, शनिबार इदको बिदाको फाइदा उठाउँदै भारतीय बजारमा फिल्मले २५ करोडको व्यापार गर्यो । आइतबार भने फिल्मको व्यापार २६ करोडको छ । 

यसरीहेर्दा, कमजोर समीक्षाका बाबजुत सलमानको स्टारडमले काम गरेको देखिन्छ । अब, आजबाट भने  फिल्मको वर्ड अफ माउथले व्यापारको आँकडामा फरक पार्नेछ ।