मलिकाले सुरु गरिन् ‘सतीदेवी’को छायांकन


नायिका मलिका महतले लकडाउनपछि पहिलो फिल्मको छायांकन सुुरु गरेकी छिन् । रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा तयार हुन लागेको यो फिल्मको आज भद्रकाली मन्दीरमा शुभसाइत गरियो । शुभसाइतसँगै आज बेलुकीबाट फिल्मको छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ । 

फिल्मको छायांकन बाफलस्थित एक घरमा आज एक दिन गरेर भोली लमजुङ जाने निर्देशक सुवेदीले बताए । यो फिल्ममा नायिका मलिका महत्त शिर्ष भूमिकामा छिन् । साथमा फिल्ममा भोलाराज सापकोटा, रमेश वुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसादख श्रेष्ठ, मनिषा सापकोटा, श्रृजना अधिकारीको मुख्य भूमिका रहनेछ । 

फिल्ममा निर्देशक सुवेदीको गीत, स्क्रिप्ट र निर्माण छ । फिल्ममा बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन, दीपक शर्मा र सुभाष भुषालको संगीत रहनेछ । यो फिल्मको छायांक एक महिना सक्ने योजना निर्देशक सुवेदीको छ । 

गोल्डेन स्टेट मुभी एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशिनको प्रस्तुति रहेको फिल्मलाई उत्कृष्ट बनाउने निर्देशक सुवेदीको तर्क छ ।