भारतको क्रिटिक्स च्वाइस अवार्डमा द साइलेन्ट इको' उत्कृष्ट फिल्म घोषणा

क्रिटिक्स च्वाइस अवार्डमा 'द साइलेन्ट इको' उत्कृष्ट फिल्म घोषणा भएको छ । 

 ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ का निर्माता रहेका रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले  भारतको प्रतिष्ठित फिल्म क्रिटिक्स गिल्ड अवार्डले दिने क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको हो ।

नेपाल, भारत, बंगलादेश र फ्रान्सको संयुक्त निर्माणमा तयार भएको 'द साइलेन्ट इको'ले उत्कृष्ट फिल्मसँगै, उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड हातपार्न सफल भएको हो । १५ मिनेट लम्बाइ रहेको यो फिल्ममा चार बालबालिका संगीतप्रेमी बालबालिकाको कथा समेटिएको छ । एउटा गायन प्रतियोगितामा सहभागी हुन उनीहरुले गर्ने प्रयास फिल्ममा देखाइएको छ ।

उक्त्त अवार्ड बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई  प्रदान गरेका हुन् ।

सुमन सेन निर्देशित यो फिल्मले ओस्कारको लघु फिल्मतर्फ पनि प्रतिस्पर्धा गर्ने कोसिस गरेको थियो । तर, फिल्म मनोनयनमा पर्न सफल भएन । नेपाली भाषामा तयार भएको फिल्म मुस्ताङमा खिचिएको हो ।