‘पठान’बाट साहरुख खानलाई २ सय करोड नाफा

बलिउड नायक साहरुख खानले अभिनय गरेको फिल्म ‘पठान’ले बक्स अफिसमा धुम नै मच्चायो । यो फिल्मले विश्व बजारमा एक हजार करोड भन्दा बढी ग्रस कलेक्शन गर्यो । 

यो फिल्ममा काम गरेवापत नायक साहरुख खानले पारिश्रमिक भने लिएका थिएनन् । साहरुखले फिल्मको नाफाको ६० प्रतिशत शेयर लिने गरि काम गरेका थिए । यसर्थ, यो फिल्मबाट साहरुख खानले कति रकम कमाए होलान् भन्ने कौतुहलता आम पाठकमा हुन सक्छ । 

भारतीय मिडियाका अनुसार, यो फिल्मबाट साहरुखले २ सय करोड कमाएका छन् । फिल्मको निर्माण र प्रचारमा गरि यशराज फिल्मस्ले २७० करोड खर्च गरेको थियो । तर, फिल्मले भारतीय बक्स अफिसबाट २४५ करोड, ओभरसिजबाट १७८ करोड, सेटलाइट र डिजिटल राइट्सबाट १५० करोड, म्युजिक राइट्सबाट ३० करोड आम्दानी गरेको छ । 

फिल्मले हरेक माध्यमबाट निर्माताको खातामा ६०३ करोड शेयर दिएको छ । यसर्थ, फिल्मको लगानीर पं्रचार खर्च कटाएर यशराजले कमाएको नाफाको ६० प्रतिशत साहरुखको खातामा गएको छ । 

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण, जोन अब्राहिम लगायतका कलाकारको अभिनय छ ।