सामाजिक संजालमा ‘जारी’को पाइरेसी, निर्माताले दिए उजुरी
हलमा बम्पर व्यापार गर्दै प्रदर्शन भैरहेको फिल्म ‘जारी’का निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । फिल्मको पाइरेसी गर्ने विभिन्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम एकाउन्ट विरुद्ध उनले उजुरी दिएका हुन् । निर्माता पोखरेलले ३२ वटा सामाजिक संजालका एकाउन्ट विरुद्ध उजुरी दिएको बताएका छन् ।
सामाजिक संजालमा फिल्मका लामा दृश्यहरु हालिएको छ । युट्युबमा ८ मिनेट भन्दा लामा दृश्य समेत भेटिएका छन् । रिलिज भएको तेश्रो दिनमै सामाजिक संजालमा फिल्मका दृश्यहरु भेटिदा निर्माता मर्कामा परेका छन् । विदेशमा समेत यो फिल्मको उच्च माग छ । तर, फिल्म पाइरेसी हुँदा विदेश मागमा धक्का लाग्न सक्छ ।
यसैले, निर्माता पोखरेलले साइबर ब्यूरो गुहारेका हुन् । उनले, पाइरेसीमा संलग्नको अनुसन्धान गरि क्षतिपूर्ती दिलाइदिन पनि आग्रह गरेका छन् ।
शुक्रबारदेखि रिलिजमा आएको फिल्मले २ दिनमै ४ करोड भन्दा बढीको कमाई गरेको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, मिरुना मगर, बिजय बराल लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया