निश्चलको ‘दिमाग खराब’को घोषणा, दया, सौगातदेखि माग्ने बुढासम्म देखिदै


फिल्म ‘लूट २’ निर्देशन गरेपछि केही बर्ष अभिनय र नृत्यमा नै व्यस्त बनेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, कार्तिक २४ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । जनता र शक्तिबिचको संघर्षको कथामा यो फिल्म बन्नेछ । 

यो फिल्ममा नायकद्धय दयाहाङ राई र सौगात मल्लले काम गर्ने पक्का भैसकेको छ । श्रोतका अनुसार, फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि काम गर्ने पक्का भैसकेको छ । फिल्ममा नायिकाको रुपमा स्वस्तिमा खड्काको मुख्य भूमिका रहनेछ । 

फिल्म ‘दिमाग खराब’का लागि ‘छक्का पन्जा’ टिमसँग पनि निश्चलले कुरा गरेका थिए । तर, फिल्ममा केदारले मात्र काम गर्ने फाइनल भैसकेको छ । 

फिल्म ‘दिमाग खराब’ यस अगाडि नै निर्माण हुने चर्चा थियो । तर, विविध कारणले यो फिल्म बन्न सकेको थिएन । तर, अब सफल निर्देशक बस्नेतले दर्शकलाई नयाँ बर्षको शुभकामना दिदै फिल्म निर्देशनको घोषणा गरेका छन् ।