‘जारी’को आक्रामक बुकिङ, बम्पर ओपनिङ पक्का


भोलि शुक्रबारबाट रिलिजमा आउन लागेका ३ फिल्ममध्ये ‘जारी’को बूकिङ आक्रामक देखिएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङले निर्माण गरेको यो फिल्मलाई मल्टिप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । 

मंगलबार बूकिङ खुलेसँगै फिल्मको टिकट काट्नेहरूको ठूलो संख्या देखिएको छ । विशेष गरि, पूर्वी नेपालमा फिल्मको बूकिङ अझै आक्रामक छ । बिर्तामोडको क्यूएफएक्सले फिल्मलाई १० शोज दिएको छ । यी सबै शोजहरुमा टिकट लगभग सोल्ड आउट नै छ । 

यो फिल्मको बूकिङ काठमाडौं र मोफसलमा उस्तै छ । फिल्मलाई क्यूएफएक्सले देश भर ७१ शोज उपलब्ध गराएको छ । फिल्मको अधिकांश हलमा आक्रामक रुपमा टिकट विक्री भइरहेको छ । नयाँ बर्षको विदाको दिन पनि भएकाले फिल्मले १ करोड भन्दा माथिको ओपनिङ गर्ने प्रक्षेपण गर्न सकिन्छ । 

दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरलाई दर्शकले रुचाएका थिए । यसपछि नै यसको हाइप बढेको हो । यस्तै, फिल्म क्षेत्रमा पत्याइएका मेकरका कारण पनि दर्शकले फिल्ममाथि बढी भरोसा गरेका छन् । फिल्मको बूकिङ बीग मुभिज, वान सिनेमाज् लगायतका हलमा पनि सुखद देखिएको छ । 

यो बर्ष सर्वाधिक धेरै हिट फिल्म दिएर नम्बर १ स्थानमा रहेका नायक दयाहाङ राईले आउँदो बर्षको  सुरुवातमै सफलताको नयाँ रेकर्ड कायम गर्ने देखिएको छ ।