सुरक्षा र कमलमणीको ‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया


चैत्रको २४ गतेबाट देश भर रिलिज हुन लागेको फिल्म ‘बहाव’को काठमाडौंको वान सिनेमाज्मा प्रिमियर गरिएको छ । फिल्मको प्रिमियरमा नेतादेखि कलाकारहरू हल पुगेका थिए । 

फिल्म हेर्न एमाले सांसद रघुजी पन्त, काँग्रेसका सांसद प्रदीप पौडेल हलमा पुगेका थिए । फिल्म हेरेर निस्कँदै गर्दा सांसद पन्तले यसको विषयवस्तु, कलाकारको अभिनयले केही सोच्न वाध्य बनाउने बताए । 

फिल्ममा नायिका सुरक्षा पन्त र कलाकार कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले फिल्मलाई नयाँ कोणबाट हेर्ने कोशिश गरेका छन् । 

फिल्म हेरेर निस्किएकी कलाकार लुनिभा तुलाधरले यसको कतिपय दृश्यमा आफू गम्भीर भएको बताइन् । उनले, फिल्मका कतिपय दृश्य आफूसँग जोडिएको महशुश गरेको पनि बताइन् । 
फिल्मले क्रान्तिको कथा भन्छ । बाबु र छोरीबीच आउने विभिन्न विषयको उतारचढावपछि छोरीले समात्ने नयाँ क्रान्तिको कथालाई फिल्मले उठान गरेको छ । 

प्रिमियर हेर्न नायिका नीता ढुंगाना पनि पुगेकी थिइन् । तर, उनी काम विशेषले फिल्मको मध्यान्तरमै हलबाट बाहिरिएकी थिइन् ।