एउटा सिंगो कथा भन्ने ‘तुईन पारी’

हरि हुमागाँइले निर्देशन गरेका गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ, त कहिले कथा भन्छ । उनै, निर्देशक हुमागाँइले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन् । हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् ।

सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ । 

सार्वजनिक गीतको अडियो र भिडियो नै गज्जब छ । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईँलाई हेर्न सकिन्छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किने एक युवाको भूमिका निर्वाह गरेका छन् ।

जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् । भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाह्रो परेको खबर पाएर गाउँ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रूपमा देखाएको छ । 

सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् । 

भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाईँको छायांकन रहेको छ । यस्तै, भिडियोमा प्रविन मानन्धरको वीएफएक्स र कलरिङ छ ।

हुमागाईँ पछिल्ला केही समयमा छायांकनका साथै म्युजिक भिडियो निर्देशन तर्फ हाबी हुँदै गएका छन् । जसले सयौँ म्युजिक भिडियोको छायांकन गरिसकेका छन् ।