‘प्रेमा’ हेर्दा किन डराए ‘महापुरुष’ निर्देशक ?


फिल्म ‘महापुरुष’का निर्देशक प्रदीप भट्टराई बुधबार बेलुकी काठमाडौंको बीग मुभिजमा फिल्म ‘प्रेमा’को प्रिमियरमा पुगे । आफूले नै निर्देशन गरेको फिल्म ‘महापुरुष’का नायक अरुण क्षेत्रीले अभिनय गरेको भएकाले उनी फिल्म हेर्न पुगेका थिए । 

फिल्म सुरु हुनु भन्दा अगाडि उनको मनमा हलचल भयो । उनले, अरु बेलामा आफूलाई डर नलाग्ने तर अरुणको फिल्म भएकाले डर लागेको बताएका थिए । 

पक्कै पनि, अरुणबाट प्रदीपले ‘महापुरुष’मा गज्जबको काम निकालेका छन् । यो फिल्म सुपरहिट भएपछि अरुणको करिअर पनि सुखद रुपमा अगाडि बढेको थियो । यसैले, ‘प्रेमा’ फिल्म राम्रो भएको खण्डमा अरुणलाई फाइदा हुने उनको वुझाई थियो । प्रदीपलाई अरुणले कस्तो काम गरेका होलान्, फिल्म कस्तो होला भन्ने कुराले बढी चिन्तित बनाएको थियो । 

फिल्म सकिएपछि अरुणको निमन्त्रणालाई नै स्विकार गरेर फिल्म हेर्न आएका केही फिल्मीकर्मीले प्रतिक्रिया दिए । तर, प्रदीप भने प्रतिक्रिया दिनेहरुको भीडमा थिएनन् । उनी, फिल्म सकिएपछि सुटुक्क आफ्नो बाटो लागेका थिए । आखिर, प्रदीपलाई ‘प्रेमा’ कस्तो लाग्यो होला कुन्नी ?