अरुण र शुभेक्षाको ‘प्रेमा’ देशभर रिलिज
आजबाट नेपाल भर नयाँ नेपाली फिल्म ‘प्रेमा’ रिलिज भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो लभ स्टोरी फिल्ममा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।
फिल्मले मल्टिप्लेक्समा कम शोज पाएको छ । यदि, व्यापारमा बढेको खण्डमा फिल्मको शोज पनि बढ्ने पक्का छ । प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको यो फिल्मलाई निर्देशक भण्डारीले केही फरक शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् ।
फिल्ममा अरुण र शुभेच्छाको प्रेमलाई बुनिएको छ । श्रृष्टीको भूमिका दर्शकका लागि सरप्राइज हुनसक्छ ।
प्राविधिक रुपमा भने यो फिल्म बलियो छ । फिल्मको छायांकनपक्ष राम्रो छ । फागुण १९ गते ‘छक्का पन्जा ४ र छड्के २’ रिलिज भएका थिए । त्यसको एक महिनापछि नयाँ नेपाली फिल्म हलमा लागेको हो ।
प्रतिक्रिया