के सौगात मल्ल र श्रृष्टी श्रेष्ठको ब्रेकअप भएको हो ?


६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टा ग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएकी छिन् । कुनै समय सौगात र श्रृष्टीका थुप्रै तस्विर इन्स्टा ग्राममा भेटिन्थे । तर, अहिले श्रृष्टीको इन्स्टामा सौगातसँगका कुनै पनि तस्विर छैनन् । उनीहरूले एकैसाथ काम गरेको फिल्म ‘माइकल अधिकारी, पोइ  पर्यो काले’को मात्र पोष्टर देख्न सकिन्छ । 

फिल्म ‘राधा’ रिलिजसम्म पनि सौगात र श्रृष्टी एकैसाथ थिए । तर, पछिल्लो समय श्रृष्टीको इन्स्टा हेर्ने हो भने उनले सौगातसँगको कुनै पनि तस्विर राखेकी छैनन् । यसैले, पनि यी दुइबिचको सम्बन्धमा खटपट भएको बुझ्न सकिन्छ । 

सेलिब्रिटीहरुले सामाजिक संजालमा तस्विर राखेर हटाउँदा सम्बन्धमा खटपट आएको र ब्रेकअप नै भएको यस अगाडि पनि देखिएको छ । फिल्मी बजारमा सौगात र श्रृष्टीबिच ब्रेकअपको चर्चा चलिरहँदा श्रृष्टीले सौगातसँगको तस्विर सबै हटाउनुले पनि यसलाई पुष्टि गर्ने आधार दिन्छ । 

फिल्म ‘गाजलु’ रिलिज भएपछि सौगात र श्रृष्टी नजिक भएका थिए । यसपछि, उनीहरू लामो समय लिभिङ टूगेदरमा पनि बसे । सौगातले श्रृष्टीसँग बिहे गर्ने भन्दै युके पुगेर श्रृष्टीको परिवारसँग कुरा पनि गरेका थिए । फिल्म ‘राधा’ रिलिजको समय अर्थात् भदौमा यी दुईले यही बर्ष बिहे गर्ने समेत बताएका थिए । तर, यी दुईको सम्बन्धले अहिले नयाँ मोडल लिएको देखिन्छ । यो विषयमा सौगात र श्रृष्टीले केही पनि बोलेका छैनन् ।