शिर निहुरियो भन्दै पूर्व अध्यक्ष पाठकले त्यागे निर्देशक समाजको सदस्यता
नेपाल चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष केपी पाठकले समाजको साधारण सदस्यता त्यागेका छन् । शनिबार सम्पन्न भएको निर्वाचनका क्रममा देखिएको राजनीतिका कारण आफ्नो शिर निहुरिएको भन्दै उनले सदस्यता त्यागेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–‘चलचित्र निर्देशक समाजको चुनाबी साधारण सभामा गैह्र सदस्यको प्रभाव, उम्मेदवारहरुलाई जबरजस्ती उम्मेदवारि फिर्ता लिन दबाब, उम्मेदवारको रुवाबासी, महिला सदस्य प्रति गरिएको व्यवहार देख्दा कुनै दृष्टिले पनि फिल्मको क्याप्टेन, सर्जकहरुको चुनाव देखिएन । एउटा सदस्य र पूर्व अध्यक्ष भएको नाताले मेरो शिर निहुरियो । तसर्थ, आजका मितिले म समाजको सदस्य नरहेको जानकारी गराउँछु ।’
उनले, भोलिका दिनमा अर्मादित गतिबिधी रोकिएको खण्डमा आफूले पुनः सदस्यता लिने पनि बताएका छन् ।
प्रतिक्रिया