अब सुन्ने र सहने शक्ति छैन, कि सफाई देउ कि सजाय - सुन्तली

कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले चितवनको रंगशालासम्बन्धी हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरिनुपर्ने माग गरेकी छिन् । उनले अब बन्द कोठामा वार्ता गरेर नहुने उल्लेख गरेकी छिन् । उनले आफूलाई इन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात गरिएको पनि गुनासो पोखेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले आफूपनि मान्छे भएको कारण राज्यसँग धेरै मन दुखेको गुनासो गरेकी छिन् ।

उनले लेखेकी छिन्– 'अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा । मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरू पठाउन सुरुवा भएको छ, विभिन्न तुच्छ गालीको बर्सात भैईरहेको छ।म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र सँग । धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु । अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाइ देउ कि सजाय ! तर जे गर्छौ छिटो गर ।'