विकास बोर्डमा रवि र केएल नियुक्त


चलचित्र विकास बोर्डमा रिक्त रहेको २ सदस्य पदमा रँग पत्रकार रवि अधिकारी र निर्देशक केएल पीडित नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषदको निर्णयबाट उनीहरूलाई सदस्य पदमा नियुक्त गरिएको हो । 

केएल पीडित पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत हुन् । यस्तै, रवि अधिकारी डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । 

चलचित्र पत्रकार संघ, चितवन शाखाका पूर्व अध्यक्ष समेत रहेका रवि केही महिनादेखि बोर्डको सदस्य बन्नका लागि लबिङमै थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले केही हप्ता अगाडि रविलाई प्रधानमन्त्री प्रचण्डसँग समेत भेट गराएकी थिइन् । 

विकास बोर्डमा अझै एक सदस्य रिक्त छन् । संचार मन्त्रालय माओवादीले सम्हालेसँगै विकास बोर्डमा माओवादी निकट फिल्मीकर्मी नियुक्त गरिएको हो । विकास बोर्ड अध्यक्षमा नेपाली कांग्रेस निकट भुवन केसी छन् ।