आँचलले मनाइन् जन्मदिन, तर वास्तविक उमेर कति ?


नायिका आँचल शर्माले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । आँचलले जन्मदिन मनाउँदै गर्दा काटेको केकमा २५ बर्ष लेखिएको छ । अर्थात, आँचल २५ वर्ष पुरा भइन् भन्ने हो । आँचलले नै सेलिब्रेशन गरेको बर्थ डे केकका अनुसार, उनी आजबाट २६ बर्षमा लागेकी छिन् । 

‘नाई नभन्नु ल ४’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी आँचल आजका दिनमा व्यस्त नायिकामा पर्छिन् । उनी अभिनित फिल्म ‘नाई नभन्नु ल ६’ बैशाखको १ गतेबाट रिलिज हुँदैछ । उनले, निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा थापाको निर्माणमा बन्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको चर्चा समेत छ । 

म्युजिक भिडियो र फिल्ममा राम्रो स्थान बनाएकी आँचलको उमेरको बिषयमा भने फरक फरक आँकडा देखिन्छ । आँचलले वि.सं २०७५ साल चैत्र ५ गते ‘दाल भात तरकारी’को टिमसँग २२ औं जन्मदिन मनाएकी थिइन् । सोही तथ्यलाई हेर्ने हो भने पनि उनले आज २५ औं नभएर २६ औं जन्मदिन मनाउनुपर्ने हो । 

यस्तै, विकिपेडियाको मिति हेर्ने हो भने आँचलले आज आफ्नो २८ औं  जन्मदिन मनाउनुपर्ने हो । तर, आँचलले परिवार र आफन्तसँग भने आज २५ औं जन्मदिन मनाएकी छिन् । 

खैर, नेपाली फिल्मका नायिकाहरु आफ्नो उमेर लुकाउन माहिर मानिन्छन् । तर, आँचलले आफूलाई गरेको मेन्टेन हेर्ने हो भने उनी झनै फिट देखिएकी छिन् । 

आँचल शर्माको फिल्मी करिअर अझै सुखद बनोस्, जन्मदिनको धेरै धेरै शुभकामना ।