थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विगत केही दिनदेखि थाइल्याण्डमा छिन् । थाइल्याण्डमा रमाइलो गर्दै गरेको, घुमफिर गरेको तस्वीर उनले निरन्तर रुपमा पोष्ट गरिरहेकी छिन् । फिल्म ‘ह्यारी कि प्यारी’ले समेत बक्स अफिसमा सफलता कायम गर्न नसकेपछि साम्राज्ञीलाई समस्या परेको छ । यसैले, उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्ड पुगेकी हुन् । 

थाइल्याण्डको आइसल्याण्डमा साम्राज्ञी हट अवतारमा देखिएकी छिन् । साम्राज्ञी विदेश पुगेपछि हट बन्ने गरेको पहिलो पटक भने होइन । केही बर्ष अगाडि अष्ट्रेलिया पुगेर विकिनीमा देखिएकी उनी बाली पुगेर खिचाएको तस्वीरले चर्चामा आएकी थिइन् । 

साम्राज्ञी फिल्म सफल होस् या असफल, सधै नै विन्दास देखिन्छिन् । थाइल्याण्डको तस्वीरले पनि यो कुराको पुष्टी गर्दछ ।