३ बर्षअघि रविन्द्रसँग हारेकी थिइन् सरिता, यसपटक मोहनले जित्दा छमछमी नाचिन्

३ बर्ष अगाडि सम्पन्न भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकार सरिता लामिछाने अर्का कलाकार रविन्द्र खड्कासँग पराजित भएकी थिइन् । सरिताको कलाकार संघको नेतृत्व लिने सपना सोही समयमा असफल भयो । यो पटक उनले कलाकार संघमा आउने चेष्टा नै गरिनन् ।
तर, शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार, अध्यक्ष पदमा मोहन निरौला बिजयी भए । मोहन निरौला बिजयी हुँदा निर्वाचन स्थलमा रौनक गज्जबको देखिएको थियो । धेरै, कलाकार त गीत गाउँदै नाँचेका थिए ।
नृत्य गर्नेमा कलाकार सरिता लामिछाने पनि थिइन् । उनले, अध्यक्ष पदमा मोहन निरौलाले जित्दा आफैले जिते जस्तो भएको भन्दै खुशी व्यक्त गरिन् ।
मोहनले जितेकोमा खुशी व्यक्त गर्दै सरिता छमछमी नाचिन् । उनलाई अन्य केही कलाकारले साथ दिएका थिए । सरिता छमछमी नाच्दा सदस्य पदमा बिजयी भएका कलाकार गोपाल ढकालले उनलाई जुरुक्कै बोकेका थिए ।

‘प्रसाद २’को ‘मार्सी धान’ रिलिज, केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

प्रतिक्रिया