रेजिनालाई भोट दिने मतदाताले सिग्नेचर गरिदिएपछि मत बदर

नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा मोहन निरौला विजयी भए । मोहनले उनको प्रतिस्पर्धी नायिका रेजिना उप्रेतिलाई २६ मत अन्तरले हराए ।
रेजिना र मोहनबीच ३५० सय मत गन्दा सम्म १ मतको मात्र अन्तर थियो । तर, कुल खसेको ४६८ मतमध्ये अन्तिममा गनिएको १ सय १८ मतमा मोहनको पल्ला भारी भयो ।
रोचक कुरा त के छ भने, रेजिनाको पक्षमा खसेका करिब डेढ दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर भेटिएको थियो ।
रेजिनालाई भोट दिने करिब डेढ दर्जनले टिक नलगाएर सिग्नेचर गरिदिएका थिए । रेजिनाले आफूलाई भोट दिने यी मतदातालाई कट्टर फ्यान भएको संज्ञा दिइन् ।
मोहनले निर्वाचन जितेपछि रेजिनाले खादा ओढाउँदै बधाई दिएकी थिइन् । उनले, आफूहरूले उठाएको एजेन्डामा पनि काम गर्न मोहनलाई सुझाव दिए । मोहनले पनि रेजिनाले उठाएका राम्रा मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न, चैत्र १० बाट छायांकन

प्रतिक्रिया