जेठ १२ मा आउने भयो बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’

बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चैत्र ३ गते लाई प्रदर्शन मिति तोकेको फिल्म प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’  ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ। फिल्ममा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ । टुल्की फिल्मलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो।

फिल्मको निर्देशन देव थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन् ।  शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्।

फिल्मको कथा लक्ष्मण सुनारले लेखेका  हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । फिल्ममा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो।  यही मितिमा भने अर्को फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ पनि रिलिज हुने भएको छ ।