‘ज्याकीः आई एम ट्वान्टी वान’को ‘कथा’ गीतमा धिरज र जसिताको डान्स
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhiraj%2520jassita%2520and%2520renasha_gsYesmsVih_f17qzl6um8rmpaj1ttdslrignao8zikbmao4icn0elqkgrmhgntdhcow6ueu_cZ1MLnZDUW_zzlu3rgdcln6ly9xdoksqtapiws6fgfajvzwyjbsqa3pgpjlo1kvyibxkuea.jpg)
बैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै यसो फिल्मप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै बढेको छ । यसले, फिल्मको निर्माणपक्षमा दबाब सिर्जना गरिरहेको छ ।
टिजर र फस्टलुक पोष्टरपछि यो फिल्मको निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको छ । ‘कथा’ बोलको गीत आईप्लेक्स मलमा रहेको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।
सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । यो गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।
भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्मलाई डान्स ड्रामा भनिएको छ ।
आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।
कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ बर्ष समय दिएको र फिल्मको लागि गरेको मिहिनेत संझदा खुशी लाग्ने बताइन् ।
निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको बिषय भएको बताइन् । तर, फिल्मको बिषयमा आफूले सधै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_Qx9CprnlZq_cbsnjtey2pqudobx30lmax5vwpnabd6isketlv35h4vmdrizxet9zmgnjepn.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_h5mThtF1NC_jlz6d8dkuucn1bpvkyxzmsswodgfphzmxopwpsbhklms91ysf8dg8klfogwx.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_M4tRP6Xxzx_qmnmzqnyw1pbnjwfxyxpxj1oeqizaym0xjwtuxqao1paeeojzykmfjc8kjw8.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_UyYZ23DIKM_bmeuszqbjss2j3vdfrbblxnk2zxak7mlcgkftnxatlrw37xofqyumozpmjdj.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_UNuSVVWq9r_z0femux8m5f8p3sgzmrrw9iy61afefsx9o36c725cugpbeca0goontgwg7xi.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_pIfwFNu4Od_7ds54omjypglsnhkqhkqyfesfxjne9knybtiqxvu8rn9rdr7kiglxj4floqs.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_PEpRZzlqgw_4rikflmoh3lw37dyenfklege3dk1iyaefmmqgp6hxrjjtbk5mo7uwr4qrf0d.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_ltpjCcj6fx_8pdhmzsecciznxzqufmbdkcmdtsjlco9vdxoh5tls39lbudrvpsunpnfelcm.jpg)
प्रतिक्रिया