‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभसाइत, चैत्र १० बाट सुटिङ


फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को शुभसाइत सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । यो फिल्मको छायांकन चैत्रको १० गतेबाट सुरु हुने जानकारी समेत दिइयो ।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, वर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।

फिल्मका निर्देशक खनालले वर्षा फिल्ममा सरप्राइज रहेको बताए । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्ममा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको  सम्पादन, कृष्ण भारद्धाज र सुभाष गजुरेलको संगीत रहनेछ । टुकी आर्टस्को ब्यानरमा खगेन्द्र लामिछानेले फिल्मको निर्माण गर्दैछन् ।

फिल्मलाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गरिने निर्माणपक्षले बताएको छ । यो फिल्म ‘पशुपति प्रसाद’को हिट पात्र भष्मे डनको चरित्रमाथि निर्माण हुनेछ । ७ बर्ष अघि निर्माण भएको फिल्म ‘पशुपति प्रसाद’ले व्यापारिक र समीक्षागत रुपमा निकै चर्चा पाएको थियो । फिल्मलाई ३० दिन लगाएर खिचिनेछ ।