अर्पण, सलोन, केकी र निशाको ‘जय हो’ भदौ ८ बाट रिलिज हुने

फिल्म ‘जय हो’ निर्माणको औपचारिक घोषणा भएको छ । बिहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म निर्माण हुने जानकारी दिइयो । टेक पौरखी राइको निर्देशनमा बन्न लागेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहनेछ । यो फिल्मको छायांकन चैत्रको ५ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । फिल्मको छायांकन ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत पोखरामा हुनेछ ।
फिल्ममा सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेनछ । फिल्मका मुख्य कलाकार घोषणा कार्यक्रममा उपस्थित थिए । उनीहरुले राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको बताए ।
यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्मलाई आउँदो बर्षको भदौ ८ गतेबाट रिलिज गर्ने निर्माणपक्षले बताएको छ । कमेडी, एक्सन र लभस्टोरी जनरामा यो फिल्म बन्नेछ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी रहनेछ ।

‘प्रसाद २’को ‘मार्सी धान’ रिलिज, केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

प्रतिक्रिया