सक्रिय बन्दै पल, महोत्सवमा सहभागी

फागुनको १५ गते १ बर्ष लामो जेल जीवन बिताएर क्लिन चिट पाएर निस्किएका नायक पल शाह कलाकारितामा सक्रिय हुन थालेका छन् । 

केही दिन आराम गरेपछि पल शाहले म्युजिक भिडियोमा काम गर्ने तयारी समेत गरेका छन् । उनले, नायिका तथा मोडल मलिका महत्तसँग भिडियोमा काम गर्न लागेको बताइएको छ । 
यसैबिच, नायक पल शाह बुधबार रुकुमको खलङ्गामा आयोजना भएको महोत्सवमा सहभागी भएका छन् । पलले महोत्सवमा सहभागी सयौं दर्शकलाई सम्बोधन गर्दै आफू जेलबाट नभई महा विश्वविद्यालयबाट फर्किएको बताए । 

उनले, जेल भन्ने शब्द सुन्दा पनि आफूलाई डर लाग्न थालेको बताएका छन् । यस्तै, पलले आफूले जेलमा बस्दा हजारौ बुबा आमा, दाजुभाई, दिदी बहिनी पाएको बताए । सबैको आर्शिवाद र मायाले आफू १ बर्षमै जेलमुक्त भएको भन्दै पलले दर्शकका लागि काम गर्न चाहेको बताएका छन् ।