रेखाको फिल्म खेल्न उत्साहित छिन् आँचल

निर्देशक ज्ञानेन्द्र देउजा नयाँ फिल्मको तयारीमा लागिरहेका छन् । रेखा थापाले निर्माण गर्ने नयाँ फिल्मका लागि देउजाले नायिका पूजा शर्मासँग कागजी संझौता गरिसकेका छन् । पूजाले पनि देउजासँग काम गर्न पाउँदा आफू उत्साहित भएको बताएकी छिन् । 

यो फिल्ममा नायिका आँचल शर्मा पनि काम गर्ने चर्चा मिडियामा केही दिनदेखि चलिरहेको छ । विशेषगरि, देउजाले आँचलसँग ३ चरणको कुराकानी गरिसकेका छन् । तर, फिल्मका लागि आँचलसँग कागजी संझौता भने भएको छैन । 

देउजाले बनाएको फिल्म ‘झिंगे दाउ’मा काम गरेपछि आँचल चर्चामा छिन् । आँचलले काम गर्ने बिषयमा देउजाले मेरो फिल्मसँग भने–‘आँचलसँग निरन्तर कुराकानी भैरहेको छ । विशेषगरि, यो फिल्मको कथा फाइनल गर्न बाँकी नै छ । हामी कथा फाइनल गरेपछि सबै कलाकारसँग बसेर फाइनल मिटिङ गर्छौ । संभवत, फिल्मको छायांकन सुरु हन डेढ महिना लाग्छ होला ।’
आँचलले पनि समय मिलाएर फिल्म खेल्ने बताएको देउजाले मेरो फिल्मलाई जानकारी दिए । आँचल अभिनित फिल्म ‘नाई नभन्नु ल ६’ बैशाखको १ गतेबाट रिलिज हुँदैछ । 

आँचलले फिल्म नखेल्ने बताएकी हुन् र भन्ने प्रश्नमा देउजाले भने–‘आँचल आफै पनि बजारमा चलेको हल्लाको बिषयमा अनविज्ञ छिन् । मसँग आज मात्र पनि आँचलले कुरा गरेकी थिइन् । उनी, फिल्ममा काम गर्न उत्साहित छिन् ।’

तिन जना नायिकालाई केन्द्रमा राखेर देउजाले बनाउन लागेको फिल्मलाई लिएर फिल्म क्षेत्र पनि उत्साहित देखिएको छ ।