मोहनलाई काउन्टर दिन रेजिनाको नेतृत्वमा प्यानल घोषणा
यही चैत ४ गते हुने नेपाल चलचित्र कलाकार संघको चुनावका लागि अध्यक्षकी उम्मेद्वार अभिनेत्री रेजिना उप्रेतीले प्यानल घोषणा गरेकी छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्यानलसहित ११ बुँदो घोषणापत्रसमेत सार्वजनिक गरिन् ।
उनको प्यानलमा उपाध्यक्षमा शिवहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सदस्यमा रञ्जना खड्का ‘खुस्बु’, खिन्न भण्डारी ‘भोला’, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वरबल्लभ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भीमसेन बजगाई र दिनेश अवाल रहेका छन् ।
उनले आफूले हामी भनेर काम गर्नका लागि संघमा अध्यक्षको उम्मेद्वारी दिएको दाबी गरिन् । रेजिनाको घोषणा पत्रमा कार्यालय व्यवस्थापन तथा सञ्चालन, सदस्यता व्यवस्थापन, संघको वेबसाइट व्यवस्थापन, भवन व्यवस्थापन तथा सञ्चालन, सदस्यको अभिनय वृत्ति विकास, स्वास्थ्य उपचार योजना, पेन्सन योजना, कल्याणकारी कोष वृद्धि योजना, अन्तरक्रिया तथा गोष्ठी, संघको शाखा बिस्तार र कलाकारको सामाजिक सुरक्षा रहेका छन् ।
उनलाई समर्थन गर्न कलाकार मदनदास श्रेष्ठ, निर्देशक नारायण पुरी, निर्देशक राजेन्द्र खड्गी, अभिनेता रमेश उप्रेती लगायतको उपस्थिति थियो । निर्वाचनमा रेजिनाको प्रत्याशीमा मोहन निरौला छन् । दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।
घोषणापत्र
१) कार्यालय व्यवस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको कार्यालयलाई कलाकार मैत्री बनाउँदै सदस्यहरूको गुनासो सुन्ने
र समाधान गर्ने डेक्स खडा गरिने छ ।
– संघबाट प्रदान गरिने सिफारिस लगायत विभिन्न कागजात ढिलामा एक घन्टा भित्र प्रदान गरिने छ ।
– नेपाल चलचित्र कलाकार संघको कार्यसमिति बैठक बस्न हाल अन्यत्र जानुपर्ने समस्यालाई समाधान गर्दै उपयुक्त बैठक कक्ष सहितको कार्यालय स्थापना गर्ने छौं ।
– संघको सम्पूर्ण कार्यक्रमको निमन्त्रणासहित वार्षिक कार्ययोजना र आर्थिक योजनाबारे सम्पूर्ण सदस्यहरूलाई जानकारी दिने छ । यस्ता कार्य पारदर्शी गराइने छ ।
२) सदस्यता व्यवस्थापन
– नेपाल चलचित्र कलाकार संघका सदस्यहरूको सम्पूर्ण विवरण आउने गरी क्युआर कोड अंकित डिजिटल सदस्यता परिचय पत्र (कार्ड) प्रदान गर्ने ।
– संघका सदस्यहरूको परिचयपत्रको क्युआर कोड मार्फत खुल्नेगरी सम्पूर्ण सदस्यको विवरणलाई वेबसाइटमा राख्ने ।
३) संघको वेबसाइट व्यवस्थापन
– नेपाल चलचित्र कलाकार संघको वेभ साइट लामो समयदेखि निस्कृय छ । यसलाई तत्कालै व्यवस्थित गर्ने ।
– संघका विभिन्न सूचना तथा गतिविधिहरू वेबसाइटमा नियमित अपडेट गर्ने ।
४) भवन व्यबस्थापन तथा सञ्चालन
– नेपाल चलचित्र कलाकार संघको हालको भवन काठमाडौंको स्विचाटारमा रहेको यहाँहरुमा विधितै छ । अपायक ठाउँमा रहेको भनिएको यस भवनलाई यथासक्य चाँडो निर्माण सम्पन्न गरेर व्यबस्थित गर्ने छ ।
५) सदस्यहरुको अभिनय बृत्तिविकाश
– यस कलाकार संघका सदस्यहरुको लागि अभिनय क्षमता बृद्धी गर्न आर्धवार्षिक रुपमा साप्ताहिक अभिनय कार्यशाला गरिने छ ।
– संघका सदस्यहरुलाई वार्षिक रुपमा अन्तराष्ट्रिय कलाकारबाट अभिनय कार्यशाला आयोजना सहित प्रशिक्षित गराईने छ ।
– सांस्कृतिक संस्थानले सञ्चालन गर्दै आएको ६ महिने अभिनय डिप्लोमा कोर्षमा कलाकार संघका सदस्यहरुलाई छात्राबृत्तिमा प्रशिक्षणका लागि पहल गरिने छ ।
– नेपालका विभिन्न थिएटरहरुबाट दिईने अभिनय प्रशिक्षणमा सहकार्य गर्दै कलाकार संघका सदस्यहरुलाई प्रशिक्षणमा सहभागिता गराईने छ ।
– ओस्कार फिल्म कलेज, नेपाल फिल्म क्याम्पस जस्ता शैक्षिक संस्था (कलेजहरु)मा अभिनयमा स्नातक गर्न चाहने संघका सदस्यहरुलाई छात्राबृत्तिको लागि संघबाट पहल गरिने छ ।
५) स्वास्थ्य उपचार योजना
– नेपालका विभिन्न अस्पतालसँग मिलेर कलाकारलाई वार्षिक रुपमा पूर्ण स्वास्थ्य परिक्षण गराइने छ ।
– नेपालका महत्वपूर्ण सरकारी अस्पतालमा कलाकारहरुको उपचारको लागि कम्तिमा प्रति अस्पताल ५ वटा बेड निःशुल्क गराउने छ । जहाँ पूर्ण रुपमा निःशुल्क उपचारको लागि पहल गरिने छ । निजी अस्पतालमा कलाकारहरुलाई सक्दो सहुलियतमा उपचारको लागि पहल गर्ने ।
– संघका सम्पूर्ण सदस्यका लागि सरकारसँग अत्यन्त कम शुल्कमा वार्षिक स्वास्थ्य उपचार विमाको लागि पहल गरिने छ ।
६) पेन्सन योजनाः
– ७० वर्ष नाघेका आर्थिक अवस्था अत्यन्त नाजुक भएका जेष्ठ कलाकारहरुलाई मासिक भत्ता (पेन्सन) प्रदान गर्नका लागि संघबाट पहल गरिने छ ।
७) कल्याणकारी कोष बृद्धी योजना
– यस संघका सदस्यहरुको आपतकालिन सहयोगका लागि स्थापित ‘नेपाल चलचित्र कलाकार संघ कल्याणकारी कोष’मा वार्षिक कम्तिमा ५० लाख रुपैयाँ जम्मा गर्न पहल गरिने छ ।
– यसको लागि सरकारसँग आर्थिक सहयोगको पहल गरिनेछ । आर्थिक बृद्धिका लागि विशेष सांस्कृतिक कार्यक्रम गरिने छ ।
९) अन्तरक्रिया तथा गोष्ठी
– नेपाली चलचित्रका कलाकारहरुका तथा नेपाली चलचित्र उधोगका विविध समस्याबारे संघबाट नियमित रुपमा अन्तरक्रिया एवम् गोष्ठी कार्यक्रम आयोजना गरिने छ ।
– नेपाली चलचित्र उधोगकोबारे सकरात्मक सन्देश फैल्याउन विभिन्न शैक्षिक संस्थाहरुमा विज्ञ कलाकारबाट अतिथि कक्षा लिनको लागि पहल गरिने छ ।
१०) संघको शाखा बिस्तार
– मुलुक संघियतामा गएका बर्तमान अबस्थामा कलाकार संघ पनि संघीयतामा जानुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । त्यसैले नेपाल चलचित्र कलाकार संघको सात वटै प्रदेशमा प्रदेश स्तरीय शाखा बिस्तारमा पहल गरिने छ ।
– हाल बिदेशमा रहेको संघको शाखाहरुलाई व्यबस्थित गर्दै विधानमा समेटिने छ । अन्य मुलुकमा पनि बैदेशिक शाखा बिस्तार गर्दै जाने छौं र उनीहरुलाई पनि आगामी कार्यसमितिमा समेटिने छ ।
११) कलाकारको सामाजिक सुरक्षा
– यस संघका सदस्य कलाकारहरुलाई विभिन्न सामाजिक सञ्जालबाट हुने अपहेलना (साईवर अपराध)मा संघले यथासक्य चाँडो कानूनी तथा न्यायिक पलह गर्ने छ ।
– संघका सदस्यहरुको व्यक्तित्व विकाशका लागि संघबाट विभिन्न प्रशिक्षण दिँदै सेलिब्रेटीको रुपमा स्थापित गर्न पहल गर्ने छ ।
– चलचित्र विकाश बोर्ड मार्फत कलाकारहरुको सामाजिक सुरक्षा कोष स्थापनाको लागि पहल गर्ने छ ।
प्रतिक्रिया