वर्षा सिवाकोटी : फिल्मदेखि वैवाहिक जीवनमा समेत असफल !

फिल्म ‘नाई नभन्नु ल २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा सिवाकोटीको फिल्मी करिअर आजसम्मलाई सुखद मान्न सकिँदैन । भलै, उनको हातमा केही फिल्म छन् । तर, वर्षाले करिअरमा कहिले पनि गतिलो स्थान भने बनाउन सकिनन् । वर्षाको करिअर सधैँ नै जसोतसो चलेको छ । उनले अभिनय गरेका अधिकांश फिल्म असफल छन् । वर्षाले काम गरेको फिल्म ‘पशुपति प्रसाद’ सर्वाधिक चर्चित रहे पनि यसमा वर्षाको भूमिकामा निकै छोटो थियो । यसैले, यो फिल्मको सफलताको जस वर्षाले पाइनन् । 

उनले अभिनय गरेको फिल्म ‘कारखानादेखि लप्पन छप्पन हुँदै पछिल्लो फिल्म ‘मनसँग मन’सम्म आइपुग्दा उनी असफल नै भइन् । 

वर्षाको फिल्मी करिअर मात्र होइन प्रेम जीवन पनि असफल देखिएको छ । फिल्मी बजारमा वर्षाको प्रेम जीवनका बारेमा विभिन्न गसिपहरु सार्वजनिक भइरहेको पाइन्छ । तर, सार्वजनिक भएका गसिपलाई आधार मान्ने हो भने वर्षाको कुनै पनि व्यक्तिसँग प्रेम जीवन सफल हुन सकेन । 

उनै, वर्षाले वैशाखको ९ गते बिहे गरिन् । तर, उनको वैवाहिक जीवन पनि सफल हुन सकेन । वर्षाको बिहे डिभोर्समा परिणत भैसकेको छ । अमेरिकामा बस्ने आशिष गेलालसँग वर्षाले बिहे गरेको आधा वर्षमै डिभोर्स गरिन् । 

यसरी हेर्दा, वर्षाको फिल्मी करिअर, प्रेम सम्बन्ध र वैवाहिक सम्बन्ध सुखद मान्न सकिँदैन । यसमा किन यति ठुलो कमजोरी भइरहेको छ, वर्षाले मूल्याङ्कन गर्न आवश्यक छ ।