आफू पढेको स्कुलमा फर्किदा भावुक पुष्प

नेपाली फिल्म तथा म्युजिक भिडियोमा राम्रो स्थान बनाएका नायक पुष्प खड्का मंगलबार आफू पढेको विद्यालयको वार्षिकोत्सवमा सहभागी भए । 

पुष्पलाई स्कुल प्रशासनले बाजा बजाएर स्वागत गरेको थियो । कैलालीको श्री राष्ट्रिय नव जागुत उच्च माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सवको अवसर पारेर पुष्पलाई सम्मान समेत गरिएको हो । ‘पूर्व विद्यार्थी स्रष्टा सम्मान’ बाट सम्मानित हुन पाउँदा पुष्प भावुक र खुसी भए । 

पुष्पलाई मुख्यमन्त्री कमलबहादुर शाहले प्रमाणपत्रबाट सम्मान गरेका थिए । पुष्पले विद्यालयमा पुग्दा आफूले पुराना दिनहरू सम्झिएको बताए । 

नेपाली फिल्म क्षेत्रमा लागेपछि आफू विद्यालयमा खासै जान नपाएको भन्दै पुष्पले मंगलबार वार्षिकोत्सवको अवसरमा पुग्दा छुट्टै अनुभूति भएको सुनाए । 

पुष्पसँग तस्विर खिच्न विद्यार्थीदेखि अभिभावकहरूको भीड लागेको थियो ।