बिहेपछि काममा फर्किएकी सुरक्षालाई २ फिल्म चलाउनुपर्ने दबाब

फागुनको २५ गते प्रेमी मानव सुवेदीसँग नायिका सुरक्षा पन्तले बिहे गरिन् । केही वर्षदेखिको मानवसँगको प्रेमलाई सुरक्षाले बिहेमा बदलिइन् । 

तर, बिहे गरेको एक साता पनि नबित्दै सुरक्षा काममा फर्किसकेकी छिन् । उनी, विगत केही सातादेखि एक रियालिटी शोको निर्णायकको रूपमा काम गरिरहेकी छिन् । 

यति मात्र होइन, सुरक्षालाई अब २ वटा फिल्म चलाउनुपर्ने दबाब समेत छ । सुरक्षाको मुख्य भूमिका रहेको फिल्म ‘बहाव’ चैत्रको २४ गतेबाट देशभर रिलिज हुँदै छ । यो फिल्ममा सुरक्षाको क्रान्तिको कथा हेर्न पाइन्छ । बाबु र छोरीको संघर्षको कथा फिल्ममा छ । 

यो फिल्म चलेको एक सातामै सुरक्षा अभिनीत फिल्म ‘बुलाकी’ पनि रिलिज हुँदै छ । नयाँ वर्षको दिनबाट रिलिज हुने फिल्म पनि सुरक्षाको काँधमै छ । 

यसैले, सुरक्षाले मानवसँगको हनिमुन योजना पनि दुवै फिल्म रिलिजपश्चात् मात्र बनाउने पर्ने दबाब छ । 

दुवै फिल्म सुरक्षाको नाममा नै चलाउनुपर्ने भएकाले उनलाई यो महिना दबाब छ । यदि, यी दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको खण्डमा उनको क्रेज एक तह माथि पुग्नेछ ।