बिहेको १० महिनामै वर्षाको बैबाहिक सम्बन्ध टुंगियो, आशिषले गरे समीक्षासँग बिहे
बैशाख महिनाको ९ गते नायिका वर्षा सिवाकोटीले अमेरिका रहँदै आएका इन्जिनियर आशिष गेलालसँग बिहे गरिन् । आशिष र वर्षाबिच मागी बिहे थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग बिहे गरेकी हुन् । बिहे गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् ।
तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी, नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएको थियो । तर, यो बिषयमा वर्षाले अहिलेसम्म केही पनि बोलेकी छैनन् ।
तर, वर्षाका पूर्व श्रीमान् आशिषले बिहे गरेको तस्वीर बाहिरिएसँगै डिभोर्स भएको पुष्टी भएको हो ।
श्रोतका अनुसार, वर्षा र आशिषबिच केही महिना अगाडि नै डिभोर्स भएको थियो । यो बिषयमा आशिष र वर्षाले केही पनि बोलेका छैनन् । आशिषले भने समीक्षा नाम गरेकी एक यूवतीसँग बिहे गरेका छन् ।
वैशाखमा बिहे गरेकी वर्षाको १० महिनामै बैबाहिक सम्बन्ध टुंगिएको छ । वर्षा चाडै नै ‘कामिनो’ नामक फिल्ममा काम गर्ने तयारीमा छिन् ।
प्रतिक्रिया