टिकटकको प्रतिक्रियामा किरण केसीको आक्रोश
हाँस्य कलाकार किरण केसीले टिकटकमा आउने प्रतिक्रियामाथि आक्रोश व्यक्त गरेका छन् । उनले, विभिन्न तरिकाले टिकटक बनाउँदा आउने प्रतिक्रिया देखेर आफूलाई अचम्म लाग्ने बताए ।
‘टिकटक च्यालेञ्ज सिजन ५’को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा किरण केसीले भने–‘नेपालको भेषभुषाको जगेर्ना गर्नका लागि कहिले मैले श्रीमतीको सारी, कहिले लिबिष्टिक लगाएर त कहिले विभिन्न पहिरन लगाएर नाचिरहेको हुन्छ । दीपाश्री बहिनी जस्तो राम्री बनेर म टिकटक बनाउँछु । त्यसमा मान्छेहरु आएर तथानाम प्रतिक्रिया दिएको देख्दा अचम्म लाग्छ ।’
उनले अगाडि भने–‘मेरो बिचार सबैसँग मिल्नुपर्छ भन्ने छैन । तर, टिकटक त खोल्न नै नहुने भयो । मेरो १६ बर्षको नातिनीले टिकटक खोलेर हेर्दा तथानाम भद्दा कुरा आउँछ । अहिले त परिवार बसेर टिकटक हेर्न नसक्ने अवस्था भयो ।’
किरणले टिकटकमा अरुको सम्पत्ती खिचेर हालिदिनेदेखि टुक्रा टुक्रा काटेर हाल्नेहरुलाई आफूले राम्रो भन्न नसक्ने समेत बताएका छन् ।
किरण केसी टिकटकमा निकै व्यस्त छन् । उनी, दैनिक विभिन्न गेटअपमा टिकटक बनाउँछन् । तर, उनले बनाएका टिकटकहरु पनि बेलाबखत चर्चामा आउने गरेका छन् ।
प्रतिक्रिया