‘प्रसाद २’को ट्रेलरबाट अर्पणले कमाएको चर्चा

फिल्म ‘प्रसाद’ले बक्स अफिसमा सुखद व्यापार मात्र गरेन, समीक्षक र दर्शकबाट पनि तारिफ नै तारिफ कमायो । यो फिल्ममा कलाकार निश्चल बस्नेत खलपात्रको भूमिकामा थिए । निश्चलको एक गल्तीले नै फिल्मलाई नयाँ मोडमा लगेको थियो ।
फिल्मका प्रस्तुतकर्ता सुभाष थापाले केही बर्षको अन्तरालपछि ‘प्रसाद २’ निर्माण गरेका छन् । यसपटक, खलपात्रको रुपमा निश्चलको स्थानमा अर्पण थापा भित्रिएका छन् ।
सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । फिल्मलाई सामाजिक संजालमा वा हलमा हेरेका दर्शकले यो फिल्म प्रतिक्षित बनेको बताइरहेका छन् ।
फिल्ममा नायक विपिन कार्की र नायिका केकी अधिकारीको मुख्य भूमिका छ । तर, यसपटक खलपात्रको रुपमा भित्रिएका अर्पण थापाको भूमिका, उनको अभिनय र संवाद बोल्ने शैलीले दर्शकमाझ नयाँ चर्चा पाइरहेको छ ।
फिल्ममा यदि उम्दा निर्देशक भएको खण्डमा अभिनय पनि उत्कृष्ट गर्ने अर्पणले ‘प्रसाद २’मा गरेको अभिनयले चर्चा पाइरहेको छ । अर्पण थापाको संवाद, उनको फरक शैलीको गेटअपले दर्शकलाई आकर्षित मात्र गरेको छैन, फिल्म हेर्ने रुची समेत बढाएको छ ।
फिल्ममा विपिन र केकीसँग अर्पणको दुश्मनी देखाइएको छ । अर्पणको एक गल्तीले विपिन र केकीको जीवन छिन्न भिन्न भएको कथा ट्रेलरमा देखाइएको छ ।
फिल्ममा अर्पणले अर्का उम्दा कलाकार विपिन कार्कीलाई कडा टक्कर दिएको देख्न सकिन्छ । सुशिल पौडेलको लेखनमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्म चैत्रको २४ गतेबाट रिलिज हुँदैछ ।

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न, चैत्र १० बाट छायांकन

प्रतिक्रिया