प्रकृतिलाई ‘बिहे पास’बाट फेरि उदाउने अवसर
नायिका प्रकृति श्रेष्ठलाई दर्शकले म्युजिक भिडियोमा खुबै रुचाएका थिए । म्युजिक भिडियोमा रुचाइएकी प्रकृतीले थोरै फिल्ममा मात्र अभिनय गरिन् । यसपछि भने उनी अष्ट्रेलिया हानिइनन् ।
अष्ट्रेलियामा पुगेपछि प्रकृति फिल्म क्षेत्रबाट केही टाढा जस्तो देखिएकी थिइन् । उनै, प्रकृतिलाई ७ बर्षपछि प्रस्तुतकर्ता रोहित कट्टेलले फिल्म ‘बिहे पास’मा नायिका बनाए ।
प्रबेश पौडेलको निर्देशनमा तयार भएको फिल्मको टिजर सार्वजनिक भैसकेको छ । फिल्ममा प्रकृति र दयाहाङ राइको अभिनय हेर्न सकिन्छ ।
बैबाहिक जीवनमा बाँधिएपछि श्रीमान् श्रीमतिको जीवनमा आइपर्ने विभिन्न उतारचढावको कथामा फिल्म बनेको छ । फिल्मको टिजर हेर्दा रोचक छ । फिल्म भित्र कमेडी, प्रेम, तनावलाई प्रस्तुत गरिएको छ ।
नेपाली फिल्ममा राम्रो माग हुँदाहुँदै बैबाहिक जीवनमा बाधिएर अष्ट्रेलिया हानिएकी प्रकृतिका लागि ‘बिहे पास’ बलियो कमब्याक हुनसक्छ । किनकी, फिल्मको टिजर र गीत हेर्दा नेपाली फिल्ममा प्रकृतिको स्थान फेरि पनि बलियो हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।
यदि, निर्देशक पौडेलले दर्शकलाई चित्तवुझ्दो कथा भनेका छन् भने ‘बिहे पास’ले बैशाख १ गतेबाट हलमा राम्रो पकड जमाउने निश्चित छ । यस्तो अवस्थामा प्रकृतिका लागि पनि ठूलो फाइदा हुनेछ ।
प्रतिक्रिया