‘छक्का पन्जा’ टिमको साथले केकी र बेनिशाको भागमा पहिलो हिट फिल्म

नेपाली फिल्म क्षेत्रका २ नायिका केकी अधिकारी र बेनिशा हमालले एउटै फिल्मबाट यो क्षेत्रमा डेब्यू गरेका थिए । यी दुबै नायिकाले फिल्म ‘स्वर’बाट डेब्यू गरेका हुन् ।
यसपछि, यी दुई नायिकाको करिअर आफ्नै तरिकाले काम गरिरहेका छन् । करिअरको कुरा गर्नुपर्दा बेनिशा भन्दा केकी धेरै अगाडि छिन् । तर, यी दुबै नायिकाले करिअरमा हिट फिल्म दिन नसकेर छटपटिनु परेको थियो ।
तर, केकी अधिकारीलाई निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै’मा अभिनय गराए । केकीको करिअरको पहिलो हिट फिल्म नै ‘छ माया छपक्कै’ बन्न पुग्यो ।
केकीले यसअघि दुई दर्जन फिल्ममा अभिनय गरेपनि हिट फिल्मको स्वाद लिन पाएकी थिइनन् । यसपछि, केकीले अभिनय गरेको अर्को फिल्म ‘झिँगे दाउ’ पनि बक्स अफिसमा हिट भयो ।
हिट फिल्मको पर्खाइमा रहेकी नायिका बेनिशा हमाललाई पनि उनै दीपक र उनको टिमले ‘छक्का पन्जा ४’मा अभिनय गरायो । यो फिल्म गत शुक्रबारदेखि रिलिज भैरहेको छ । फिल्मले सुपरहिटको व्यापार गरिसकेको छ ।
बेनिशाले पनि करिअरको पहिलो हिट फिल्मको स्वाद लिन पाएकी छिन् । ‘स्वर’ डेब्यू नायिकाहरुलाई दीपक र उनको टिमले नै पहिलो ब्लकबस्टर फिल्मको स्वाद दिलाएको छ ।

ज्ञानेन्द्रको जन्मदिनमा पूजा, रेखा र छविको सरप्राइज

लक्ष्मण सुनारको निर्देशनमा ‘फनफनी’ बन्ने
मीराः स्याडो अफ अ रेन्बोबाट आशावादी निशान

लिम्बु कल्चरको फिल्म 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक

भारतमा चम्किएका फिल्म नेपालमा चल्न छाडे

प्रतिक्रिया