अभिनेत्री सुरक्षा पन्तले गरिन् प्रेमीसँग इन्गेजमेन्ट, भोली विवाह

अभिनेत्री सुरक्षा पन्त र गायक तथा अभिनेता मानव सुबेदीको इन्गेजमेन्ट भएको छ।

सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’

पन्त र सुबेदीले झन्डै सात बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। भोली फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ। उक्त समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।

सुरक्षाले फिल्म ‘अझै पनि’र मानवले फिल्म ‘अन्तराल’बाट अभिनयमा डेब्यू गरेका हुन ।

यस्तै, सुरक्षा अभिनित फिल्म 'जिज्ञासा, विचार अनि यथार्थको कथा' ‘बहाव’ चैत्रको २४ गते रिलिज हुँदैछ । मानव भने नयाँ फिल्मको तयारी गरिरहेका छन् ।