कलाकार संघको निर्वाचन अनिश्चिकालका लागि स्थगीत, प्रशासनमा उजुरी दिने तयारी

नेपाल चलचित्र कलाकार संघको निर्वाचन अनिश्चितकालका लागि स्थगीत भएको छ । मंगलबार बसेको कार्यसमितीको बैठकले निर्वाचन स्थगीत गरेको हो । 

संघले चैत्रको ४ गते निर्वाचन गर्ने तयारी गरेको थियो । निर्वाचनको माहोल गर्माएको समयमा चुनाव स्थगीत गरिएको हो । 

संघकी उपाध्यक्ष रेजिना उप्रेतीले आफूले संघको यो निर्णयमा नोट अफ डिसेन्ट लेखेको बताएकी छिन् । उनले, संघको निर्वाचन बारम्बार सार्ने काम भएको भन्दै यसका आपत्ती समेत जनाइन् । 

श्रोतका अनुसार, जिल्ला प्रशासन कार्यलयमा संघको निर्वाचन समयमै गराउनका लागि उजुरी दिने तयारी समेत गरिएको छ । यसका लागि संघका सदस्यहरुको हस्ताक्षर समेत संकलन गर्ने तयारी गरिएको छ । 

संघको निर्वाचन गर्न ढिलाई भैसकेको अवस्थामा पनि बारम्बार पछि सार्नु गलत भएको भन्दै केही सदस्यहरु आक्रोशित भएका छन् । संघले ६ महिना अगाडि नै निर्वाचन गर्नु पर्ने भएपनि अहिलेसम्म निर्वाचन हुन सकेको छैन ।