सेन्सर नभएपछि रणवीर र श्रद्धाको फिल्मको शो रद्द

एका बिहानै बलिउड फिल्म ‘तु झुटी मे मक्कर’ हेर्न हलमा पुगेका फिल्म लेखक प्रदीप भारद्वाज निराश भएर फर्किए । हरेक फिल्म पहिलो शोमा हेर्दै आएका प्रदीप फ्रेस रिलिज बलिउड फिल्मको सेन्सर नभएकाले शो रद्द भएको जानकारी पाएपछि निराश भएर फर्किएका थिए ।
यस्तै, म्युजिक भिडियो निर्देशक माइकल चन्दले पनि बिहानै बीग मुभिजमा फिल्म हेर्न आएपनि सेन्सर नभएको जानकारी दिँदै फिल्म रिलिज नभएको जानकारी दिए ।
आज बुधबारदेखि नै भारतसहित विश्व बजारमा रिलिज भएको नायक रणवीर कपुर र नायिका श्रद्धा कपुर अभिनीत यो लभ स्टोरी फिल्म नेपालमा भने बिहान रिलिज हुन सकेन ।
फिल्मको लागि कोर्ड प्राप्त भएपछि हल सञ्चालकहरूले शो खुलाएका थिए । तर, फिल्मको सेन्सर नभएका कारण नेपालमा बिहानी शो रिलिज हुन सकेन ।
यसैले, केही मल्टिप्लेक्सले यो फिल्मको शोज सबै हटाएका छन् । क्यूएफएक्स चेनले भने दरबारमार्गको हलमा मात्र शो दिएको हेर्न सकिन्छ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया