९५ लाखमा बिक्यो ‘पशुपति प्रसाद २ः भष्मे डन’को डिजिटल राइट्स


छायांकन प्रारम्भ नहुँदै प्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को डिजिटल राइट्स महंगो रककमा बिक्री भएको छ । 

फिल्मको हाइपलाई ध्यान दिदै यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । निर्माणपक्षका अनुसार, फिल्मको डिजिटल राइट्स वापत ओएसआरले ९५ लाख रुपैयाँ तिरेको छ । 

डिजिटल राइट्स  स्वरुप मात्र निर्माताले ९५ लाख पाउनु आफैमा खुशीको कुरा हो । 

यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा नायक विपिन कार्की केन्द्रिय भूमिकामा छन् । फिल्ममा नायिका स्वस्तिमा खड्का र नायक सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । 

खगेन्द्र लामिछानेको निर्माणमा बन्न लागेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । 

निर्देशक खनालले फिल्मको डिजिटल राइट्सले नेपाली फिल्म क्षेत्रको इतिहासमै नयाँ मानक बनाउने विश्वास व्यक्त गरेका छन् ।