‘ज्याकीः आई एम ट्वान्टी वान’को संवाद टिकटकमा भाइरल


‘बाबा मलाई थाहा छ, मैले रोजेको बाटो सजिलो छैन । तर, मलाई यो पनि थाहा छ मेरो सपना फरक हो गलत होइन ।’

माथि उल्लेखित संवाद वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को हो । यो फिल्मको टिजर सार्वजनिक भएसँगै यसप्रति दर्शकको अपेक्षा पनि ह्वात्तै बढेको छ । 

नेपालमा यस अगाडि डान्स ड्रामामा फिल्म बनेको थिएन । यसैले, रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मको टिजरले दर्शकमा अपेक्षा बढाएको हो । फिल्मको संवादमा टिकटक खासै बनेको पाइँदैन । तर, यो फिल्मको टिजर टिकटकमा भाइरल नै बनेको छ । 

टिकटक बनाउनेहरूले फिल्मको संवादमा आफ्नो फरक फरक खालको क्रियशन समेत देखाइरहेका छन् । टिकटकमा टिजरमा समावेश संवाद नै भाइरल भएपछि निर्देशक रानाले खुशी व्यक्त गरिन् । उनले भनिन्–‘दर्शकले हामीले जे कुरा भन्न खोजेका छौँ, त्यो कुरालाई मनमा लिनुभएको छ । दर्शकलाई संवादले नै मन छुनु खुशीको कुरा हो । फिल्मप्रति दर्शकको अपेक्षालाई हामी कम हुने दिने छैनौं ।’

आईकोर फिल्मस्ले यस अगाडि बनाएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले समेत दर्शकको मन जितेको थियो । यसैले, रेनशा र उनको ब्यानरप्रति दर्शकको अपेक्षा उच्च हुनु स्वाभाविक नै हो । 

यो फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।