रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छवि, निर्देशकमा ज्ञानेन्द्र


नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई दर्शकले एउटै पर्दामा देख्ने भएका छन् । निर्माता छविराज ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् । उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चलेको थियो । तर, अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको छ ।

नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा मिडियासँग कुराकानी गर्दै छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा गरेकी छिन् । फिल्मका लागि अर्की एक जना नायिका फाइनल हुन बाँकी छ । यो फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने पक्का भएको छ । 

फिल्मको हाल कथा लेखनको काम चलिरहेको छ । तिन जना नायिका केन्द्रित फिल्मलाई ज्ञानेन्द्रले दर्शकलाई मन पर्ने तरिकाले बनाउने तयारी गरेका छन् । 

ज्ञानेन्द्रले नै छविराजको ‘जेल ब्रेकर’लाई समेत निर्देशन गर्ने तयारी छ ।