पठानको किर्तिमानी कलेक्सन

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म 'पठान'ले अहिले बक्स अफिसमा एकभन्दा बढी रेकर्ड तोड्न व्यस्त छ ।

यस फिल्ममार्फत शाहरुखले करिब चार वर्षपछि पुनरागमन गरेका छन् । शाहरुखको पठानलाई फ्यानहरुले निकै मन पराएका छन् । शाहरुख अभिनित पठानले १०२६ करोड संकलन गरेको छ ।

गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी फिल्मको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।

यो फिल्ममा शाहरुखका अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।

बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानकाे किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।

भारतीय बक्स असिफमा सबैभन्दा बढी कमाई गर्ने फिल्ममा पठानको ५११.४२ करोड, बहुबाली-२ को ५१०.९९ करोड पछि केजीएफ-२ को ४३४.७० करोड, दंगलको ३८७.३८ करोड रहेको छ ।

त्यस्तै सन्जुको ३४२.५३ करोड, पिकेको ३४०.८ करोड, टाइगर जिन्दा हैको ३३९.१६ करोड र बजरंगी भाईजानको ३२०.३४ करोड भारु रहेको छ ।