फिल्म ‘नम्बरी सुन’को इन्डक्ल्याप
अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको फिल्म ‘नम्बरी सुन’को इन्डक्ल्याप गरिएको छ । छायाकंन सुरु भएको ३१ दिनमा बिहीबार फिल्मको अन्तिम दृश्य खिच्दै सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिएका छन् । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको फिल्मको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।
फिल्मको प्रस्तुतकर्ता नारायण खाती रहेका छन् । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको अभिनय छ । निर्देशक गिरीले स्क्रिप्टलाई दृश्यमा हुबहु उतार्न सक्दो प्रयास गरेको बताए ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् ।
अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशनको, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहनेछ ।
प्रतिक्रिया